एसियाली भारोत्तोलन समितिकाे सदस्यमा सेन गुप्त निर्वाचित

राखेप
राखेप

एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त निर्वाचित भएका छन्। 

४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जनाएकाे छ।

यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए। पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी थिए।

अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाइ दिदै एसियाली भारोत्तोलन संघमा नेपालको उपस्थितिले सिंगो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2023-01-07 16:40:00

प्रतिकृया दिनुहोस्