टेनिस टोली बंगलादेश प्रस्थान

file Photo
file Photo

आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ।

९ देखि १९ जनवरीसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज-गल्र्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गल्र्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन्। प्रशिक्षकमा कान्छा खड्गे छन्।

प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन्।

प्रकाशित मिति: : 2023-01-07 17:05:00

प्रतिकृया दिनुहोस्