परिवार पाल्न कतार पुगेका युवतीहरुलाई यातना दिँदै सिगल इन्टरनेश्नल

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

सुकेधारास्थित ‘सिगल इन्टरनेश्नल ग्लाेबल एचआर कन्सल्ट’ले राेजगारीकाे लागि आफैंले कतारमा पठाएका युवतीहरुलाई मानसिक यातना दिन थालेकाे छ।

साेही म्यान पावर कम्पनीमार्फत कतार पुगेका दुई युवतीहरुले विभिन्न बहानमा म्यान पावरका सञ्चालकहरुले धम्की दिएर मानसिक यातना दिएकाे बिएल नेपाली सेवासँग गुनासाे गरेका छन्। ती युवतीहरु साेमबार मात्रै सिगल इन्टरनेश्नलमार्फत १ लाख ४५ हजार रकम तिरेर कतार पुगेका थिए।

त्यसअघि बिएल नेपाली सेवाले सिगल इन्टरनेश्नलले ‘विदेश पठाउने नाममा ठगी धन्दा चलाउँदै’ शीर्षककाे समाचार प्रकाशित गरेकाे थियाे। साेही कम्पनीले वैदेशिक राेजगारीकाे लागि फ्रि भिसा र फ्रि टिकटमा आएकाे डिमाण्डअनुसार १० हजार रुपैयाँ मात्रै खर्च लाग्ने भएपनि डेढ लाखसम्म रकम लिएर कामदार ठगिरहेकाे खुलासा गरेकाे थियाे।

साेही समाचार पढेर आफूहरु ठगिएकाे महसुस गरेका युवतीहरुलाई सूचना चुहाएकाे भन्दै धम्की दिन थालेकाे पाइएकाे छ। ‘हामी यहाँ आएर मिडियामा समाचार पढेपछि ठगिएकाे थाहा पायाैँ। तर, खाडीमा काम गरेर परिवार पाल्न आएका हामीलाई सिगलले धम्की दिँदै मानसिक यातना दिइरहेकाे छ,’ पीडितहरुले भने।

यस विषयमा बुझ्न खाेज्दा म्यान पावर कम्पनी सम्पर्कमा आएन। यद्यपि, म्यान पावरका एजेन्ट रविन शाक्यले विभिन्न फाेन नम्बरहरु प्रयाेग गरेर कामदारहरुलाई धम्क्याइरहेकाे पीडितहरुले बताएका छन्।

यता, वैदेशिक राेजगार विभागले यसरी कामदारलाई ठगी गर्ने र धम्क्याएर मानिसिक तनाव दिने म्यान पावर कम्पनीहरुलाई कारबाही हुने बताएकाे छ।

‘त्यसरी पैसा तिर्नुअघि हामीलाई उजुरी गर्नु पर्थ्याे, यदी उताबाट फर्किएकाे खण्डमा पैसा फिर्ता हुन्छ। यसरी कामदारहरुलाई मानसिक तनाव दिने हाे भने हामीले तत्काल कारबाही गर्छाैँ,’ प्रवक्ता कृष्ण भुसालले भने।

त्यस्तै सिगल इन्टरनेश्नलमार्फत विदेश गएका अन्य कामदारहरुले पनि फ्रि भिसा र फ्रि टिकटमा डिमाण्ड आएपनि म्यान पावरले चर्काे रकम लिएर ठगेका गुनासाे गरेका छन्।

प्रकाशित मिति: : 2023-01-11 12:00:00

प्रतिकृया दिनुहोस्