कमोडीटी ठगी प्रकरण : थुनामुक्त भएर मुद्दा लड्ने मेक्सका सीईओसहितले हालेको रिटमा सुनुवाइ हुँदै

शिलापत्र

भागवत भट्टराई, कृष्णसिंह लोथ्याल
File Photo
File Photo

अवैध कमोडीटी कारोबारको नाममा सयौँ नेपालीहरू ठगी गरेको मेक्स नेपालका सीईओ  जितेश सुरेन्द्रणसहितका चार जनाले आफूविरुद्धको ठगी मुद्दा थुनामुक्त भएर लड्न पाउनुपर्ने माग राखेका छन् । मेक्स नेपालले मात्रै ३० हजार भन्दा बढी ग्राहक बनाउँदै करोडपति हुने लोभ देखाएर ठगी गरेको आशंकामा सुरुवाती चरणमा कोमोडीटी कारोबारमा लागेका चार जनाले उनीहरूविरुद्ध उजुरी हालेपछि प्रहरीले यो मुद्दा अघि बढाएको छ । 

तर, सुरेन्द्रणसहितको टोलीले ठगीको आफूहरू बाहिर बसेर नै मुद्दा लड्ने भन्दै  पाटन उच्‍च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । यसका लागि थुनामा रहेका स्पेल इन्भेस्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनील श्रेष्ठ, उनकी पत्नी कञ्चन श्रेष्ठ, मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रण र सो कम्पनीका प्रवक्ता नरेन्द्र भट्टलाई उच्च अदालत पाटमा लगिने प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रकाशित मिति: : 2023-01-16 17:05:00

प्रतिकृया दिनुहोस्