नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीले अबको एक–दुई दिनभित्र प्ररिक्षक पाउने जनाएको छ।
गत आइतबार क्यानले एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। राष्ट्रिय पुरुष क्रिकेट टिमको तत्कालीन प्ररिक्षक मनोज प्रभाकारले राजीनामा दिएपछि राष्ट्रिय क्रिकेट टोली प्ररिक्षक विहिन भएकाे हाे।
क्यानले प्ररिक्षक छनोटको प्रक्रिया अघि बढाएको र अबको एक–दुई दिनमा प्ररिक्षक नियुक्त गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले बताए।
'हामीले प्ररिक्षक छनोटको लागि प्रक्रिया अघि बढाइरहेका छौँ, एक–दुई दिनभित्र राष्ट्रिय टोलीले नयाँ प्ररिक्षक पाउने छ', क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले बिएल नेपाली सेवासँग भने।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिममा विगत २ वर्षमा ३ प्रशिक्षक फेरिएका छन्। अहिले समय धेरैले दरखास्त भरेको र क्यानले मुख्य गरी २५ जनामध्ये एक जना उत्कृष्ट प्ररिक्षकलाई नियुक्त गर्ने भएको छ।
'हामीले दरखास्त आवाहन गरेदेखि धेरै जनाले दरखास्त भर्नु भएको छ, भने हामी अहिले २५ जनालाई मुख्य छनोट गरेका छौँ, त्यसबाट पनि हामीले एक जना सर्वउत्कृष्ट प्ररिक्षक छानेर नियुक्त गर्ने छौँ', सचिव मल्ले भने।
क्यानले आगामी फागुन २ देखि ७ सम्म लिग टू अन्तर्गत नेपाल, नामिविया र स्कटल्याण्ड सम्मिलित नेपालमै हुने त्रिकोणात्मक शृंखलाको आयोजना गरेकाे छ।