पाकिस्तानी कप्तान बबार अजामलाई लागेको आरोप के हो ?

Getty Images
Getty Images

यतिबेला सामाजिक सञ्जालभरि पाकिस्तानी कप्तान बबार अजामले एक युवतीलाई अश्लील म्यासेज पठाएको भिडियोले चर्चा पाइरहेको छ।

सोमबार राति एक युवतीले ट्वीटरमा कप्तान अजामले आफूलाई पठाएको भोइस क्लिप तथा उनले पठाएको अश्लील म्यासेज पोस्ट गरेकी थिइन्। कप्तानले आफ्नै टिमका एक खेलाडीको प्रेमीकालाई उक्त म्यासेज पठाएको आरोप छ। 

उनले ती युवतीलाई आफूसँग अश्लील म्यासेज र भिडियो आदानप्रदान गरेमा उनको प्रेमी पाकिस्तानी राष्ट्रिय क्रिकेटबाट आउट नहुने र उनको प्रेमी टोलीमा सुरक्षित रहने भन्दै युवतीलाई म्यासेज पठाएको जनाएको छ। उनलाई यस प्रकारको आरोप लागेपछि उनको समर्थक निराश भएका छन्।

सोमबार राति पोस्ट भएको उक्त भिडियो तथा भोइस क्लिपले ट्वीटरको माहोल तत्ताइरहेको छ। यतिबेला उनका समर्थकले ह्यासटाक इस्टे इस्ट्र बाबर अजाम भन्दै उनलाई समर्थक गरिरहेका छन्। 

२८ वर्षीय अजाम विश्वका एक प्रख्यात क्रिकेटर हुन्। उनी विश्वको टप ब्याटसम्यान मध्ये एक हुन्। बबार विश्वका एक मात्र क्रिकेटर हुन, जो सबै ढाँचाहरूमा शीर्ष पाँच वरीयताहरूमा पर्छन्। उनी टी २० का एकदमै सफल कप्तानको रुपमा समेत परिचित छन्।

सन २०२० मा पनि बाबरलाई यौन दुर्व्यवहारको मुद्दा परेको थियो-

सोमबार राति आफ्नै टिमको एक खेलाडीको प्रेमीकालाई अश्लील म्यासेज पठाएको भन्दै पाकिस्तानका कप्तान बाबर यतिबेला आरोपित छन्। यसभन्दा अघि पनि सन २०२० मा उनीविरुद्ध एक युवतीले आफूलाई बाबर अजामले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन्। 

सन २०२० मा हमीजा मुखतार नामक एक युवतीले उनीविरुद्ध पाकिस्तानको लाहोरमा मुद्दा दर्ता गराएकी थिइन्। आफूलाई यौन दुर्व्यवहार गर्नुका साथै आफूलाई गर्भपतन गर्न लगाएको आरोप लगाएकी थिइन्। तर उनले उजुरी गरेको केहि महिनमा उजुरी फिर्ता लिइन्।

हमीजा मुखतारलाई बाबारले विवाह गर्न भनेका थिए, भने ती युवतीलाई पछि बाबरले दुर्व्यवहार गरे। उनले उजुरी फिर्ता लिदैँ आफूले बाबर अजामलाई नचिनेको र आफ्नो र अजामको कुनै सम्बन्ध नभएको भन्दै आरोप फिर्ता लिएकी थिइन्।

केहि समयपछि मुद्दा दर्ता गराएकी युवतीले बाबरसँग १० मिलियन मागेको र १० मिलियन नपाएपछि २ मिलियन डलर ब्यालकमेल गरेर मागेको आरोप समेत ती युवतीलाई लागेको थियो। 

भिडियो र भोइस क्लिप भाइरलपछि बाबर मौन- 

सोमबार राति आफनै टिमका एक खेलाडीको प्रेमीकाले आफूलाई आरोप लागेपछि यतिबेला आरोपित कप्तान बाबार अजाम मौन छन्।

उनको समर्थकहरुले उनलाई साथ दिइरहँदा पनि उनले यस विषयमा केहि प्रतिक्रिया दिएका छैनन्। उनीसँगै पाकिस्तानी मिडिया र पाकिस्तनी क्रिकेट बोर्डले पनि यस विषयमा चासो देखाएको छैन्।

प्रकाशित मिति: : 2023-01-17 19:41:00

प्रतिकृया दिनुहोस्