अमेरिकाबाट २०२२ मा २८ नेपाली देश निकाला

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीलाई देश निकाला गरेको छ । मानव तस्करहरूलाई लाखौ तिरेर बिना भिसा आएका उनीहरूलाई विमान चार्टर गरी काठमाडौं लगेरै छोडिएको हो ।

बितेका ९ वर्षमा यसरी चार्टर गरी काठमाडौं फर्काइएका नेपालीको संख्या चारसय ९२ रहेको छ ।

यो संख्या मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले पक्राउ गरी हिरासतमा लिइएका हो । यसमा अमेरिकी अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएर स्वेच्छिक रूपमा अमेरिका छोड्नेको संख्या जोडिएको छैन ।

अमेरिकामा बर्सेनी तल्लो बाटो भनिने दक्षिणी अमिकी देश हुँदै मेक्सिको भएर अमेरिका छिर्नेको संख्या हजारौ हुन्छ । यो संख्यामा नेपालीको संख्यामा पनि सरदर महिनामा एकहजार हुने एक अनुमानित तथ्यांक रहेको छ ।


 

अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीलाई देश निकाला गरेको छ । मानव तस्करहरूलाई लाखौ तिरेर बिना भिसा आएका उनीहरूलाई विमान चार्टर गरी काठमाडौं लगेरै छोडिएको हो ।बितेका ९ वर्षमा यसरी चार्टर गरी काठमाडौं फर्काइएका नेपालीको संख्या चारसय ९२ पुगेको छ ।

उनीहरूमध्ये कति छिरेर शरणार्थीको रूपमा आफूलाई आत्मसमर्पण गर्छन् भने कतिलाई अमेरिका छिर्न नपाई सिमानाबाटै आइसले पक्राउ गर्छ ।  

धेरैजसो पश्चिम नेपालका हुने खाने युवाहरू यसरी अमेरिका आइरहेका छन् । साहुले ५० लाख पत्याउनेहरू हुलका हुल बाधेर अमेरिका आउने गर्छन्। यो संख्यामा पर्वत, बाग्लुङ, म्याग्दी, मुग, कास्की, स्याङ्जाका मानिसहरू अत्याधिक रहेका छन् ।

यसरी अमेरिका छिरेका धेरैजसो मेरिल्याण्ड राज्यको बाल्टिमोरतिर आइपुग्छन् । बाल्टिमोरमा यी जिल्लाका नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

प्रकाशित मिति: : 2023-01-22 09:25:00

प्रतिकृया दिनुहोस्