हरेक नेपालीको थाप्लोमा ६८ हजार सातसय ५५ ऋण

नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । नेपालको कूल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० लाई भाग लगाउँदा हरेक नेपालीको थाप्लोमा यो ऋणको भार ६८ हजार सातसय ५५ पुग्छ। यसको अर्थ एक नेपाली शिशु जन्मदा उसले आफ्नो भागमा हजारौको ऋण बोकिसकेको हुन्छ ।

नेपालीमा एउटा बहुचर्चित भनाइ छ, ऋणले टुप्पीसम्म डुबेको अवस्था । अहिले नेपाल त्यही अवस्थामा पुगेको छ। 

अर्थमन्त्रालयका अनुसार असार मसान्तसम्म त नेपाललाई योभन्दा पनि सात अर्व बढी ऋण थियो । यसबीचमा अलि बढी ऋण तिरिएकोले कम भएको हो ।

देशको बिकास र देशबासीको समृद्धिको ग्राफ ओरालो लागिरहेको बेला ऋण चाँहि बढ्दै जानु निश्चित पनि चिन्ताको विषय हो । तर, सरकार ऋण लिन डराइरहेको छैन । हरेक साता बस्ने क्याविनेट बैठकले केही न केही नयाँ ऋण लिने प्रस्ताव स्वीकार गरिरहेकै हुन्छ । 

आमनेपाली र देश ऋणमा डुब्दै गए पनि मुट्ठीभरका नेपालीको सम्पतिको ग्राफ भने उकालो लागिरहेको छ । नेपालमा धनी र गरीवबीचको बढ्दो खाडलले असानता बढ्दा सामाजिक न्याय पनि धरापमा परेको छ।  

प्रकाशित मिति: : 2023-01-28 10:15:00

प्रतिकृया दिनुहोस्