१५.७४ अंकले घट्यो सेयर

साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ। लगातार सेयर बजार घट्नेक्रममा म‌ंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ। 

सोमबार नेप्से परिसुचकमा ४१.०१ अंकले ओरालो लागेको थियो। सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो। 

मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ। साथै ११ कम्पनी स्थिर छ।  २५९ कम्पनीको कारोबार भएको छ। ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ। यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ।

रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। यस कम्पनीको करिब १९ करोड २० लाख बढीरुपैयाँको सेयर बिक्री भएको छ। लुम्बीनी जनरल बिमाको १४ करोड ३७ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ।

आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ। कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ। १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ। 

प्रकाशित मिति: : 2023-01-31 16:08:00

प्रतिकृया दिनुहोस्