मिडफिल्डर विशाल राई पनि उडे अस्ट्रेलिया

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई शुक्रबार अस्ट्रेलिया उडेका छन्।

टोलीका प्रभावशाली खेलाडी रहेका उनी फुटबल खेल्नकै लागि अस्ट्रेलिया उडेकाे बताएका हुन्। विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका थिए।

नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ खेलमा ३ गाेल समेत गरेका थिए।

प्रकाशित मिति: : 2023-02-03 11:31:00

प्रतिकृया दिनुहोस्