रवि लामिछानेले विषेश पत्रकार सम्मेलन गर्दै, भन्छन्- सिधाकुरा नगरेको धेरै भएछ

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै पत्रकार सम्मेलन गर्ने जानकारी दिए। पार्टीको बैठकपछि पार्टी कार्यालयबाट विषेश पत्रकार सम्मेलन गर्ने उनले बताए।

उनले लेखेका छन्, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

लामिछानेले आज पार्टीको बैठकले ठोस निर्णलय लिने पनि बताएका छन्। उनले भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ।’

प्रकाशित मिति: : 2023-02-05 11:11:00

प्रतिकृया दिनुहोस्