शेर्पा समुदायको महान चाड ल्हाेसार अर्थात नयाँ वर्षकाे उपलक्ष्यमा आयाेजना गर्न लागिएकाे १३औँ खुम्बु ल्होसार कप भाेलि (शनिबार)देखि सुरु हुँदैछ।
काठमाडौँको ज्ञानेश्वरस्थित सानोगौचरण खेलकुद मैदान हुने प्रयाेगिताकाे विशेष समाराेहबीच उद्घाटन गर्न लागिएकाे आयाेजक खुम्जुङ युवा क्लबले जनाएकाे छ। उद्घाटन समाराेह ठूल्श्यीक याङसी रिन्पोछे जिग्मे ठिन्ले कुन्ख्याबकाे प्रमुख आतिथ्यमा हुनेछ।
साेलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका तथा खुम्बु क्षेत्रका विभिन्न गाउँमा जन्मिएर हाल देश तथा विदेशका विभिन्न ठाउँमा अध्ययन र कर्म गर्ने साथै खेलकुदमा रुचि राख्ने युवा पुस्ताको खेलकुदकोप्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित प्रतियाेगिताकाे आयाेजना गर्न लागिएकाे हाे।
८ टिम सहभागी प्रयाेगितामा उद्घाटनकाे पहिलाे खेलमा भाेलि आयाेजक खुम्जुङ युवा क्लब र आमाडब्लम युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल दिउँसाे १ बजे सानोगौचरण खेलकुद मैदानमा हुनेछ।
त्यस्तै भाेलि नै दिउँसाे ३ बजे हुने दाेस्राे खेलमा नाम्चे युवा क्लब र ठमिछोवा फुटबल क्लब भिड्दैछन्।
८ दिनसम्म चल्ने प्रतियाेगितामा खुम्जुङ युवा क्लब, खुन्दे कम्युनिटी क्लब, नाम्चे युवा समुह, ठमिछोवा फुटबल क्लब, आमाडब्लम युवा क्लब, महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरम र खुम्बु भेटेरनस् युनाइटेडको सहभागी हुँदैछन्।