भद्रगोल न्यायिक समिति, पर्दैनन् महिला हिंसाको उजुरी

सेतोपाटी

रोहित महतो

जनकपुरधाम उपमहानगरपालिका–११, की सुमित्रादेवी दासलाई उनका श्रीमानले दिनदिनै कुट्छन्।

बिहानैदेखि रक्सी पिउँने, पैसा माग्ने, आफूले नदिए कुट्ने र बाहिर गएर ऋण लिने श्रीमानको बानीले उनी आजित छिन्।

सुमित्राले धेरै पटक गुनासो गरिन्। परिवारको इज्जतको कुरा ठानेर हिंसा सहिन्। परिवारका अभिभावकबाट आश्वासन पनि पाइन् तर हिंसा कम भएन।

‘बिहानैदेखि (श्रीमान) रक्सी खान सुरु गरिदिन्छन्। रिन लिएको किस्ता तिर्नु छ। मैले एक्लै कमाएर पुग्दैन। खालि पैसा मागिबस्छन्,’ सुमित्रा भन्छिन्, ‘मैले पैसा नदिएपछि रक्सी खान रिन लिन्छन् र कपाली कागज (तमसुक) बनाउँछन्। म रिन नगर भन्छु अनि मलाई पिट्न थाल्छन्।’
साढे दुई वर्षदेखि उनी यस्तो हिंसामा परेकी छन्।

प्रकाशित मिति: : 2023-02-13 10:48:00

प्रतिकृया दिनुहोस्