नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेट लिग- २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्राे खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएकाे छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुन लागेकाे खेलमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे हाे।

नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।

नामिबिया भने तेस्राे खेलमा पहिलाे जितकाे खाेजीमा छ। नामिबिया पहिलाे खेलमा नेपाल र दाेस्राे खेलमा स्कटल्याण्टसँग पराजित भएकाे थियाे।

प्रकाशित मिति: : 2023-02-18 08:31:00

प्रतिकृया दिनुहोस्