नामिबियामाथि नेपालकाे सानदार जित

आइसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय सिरिजकाे तेस्राे खेलमा नेपालले नामिबियामाथि विजयी हासिल गरेकाे छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेकाे हाे।

नामिबियाले दिएकाे २ सय ७५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ४७.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्याे।   

नेपालकाे जितमा तीन जना खेलाडीले अर्दशतकीय इनिङ खेले। नेपालका लागि ओपनर आशिफ शेख तथा ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक पूरा गरे। कुशल मल्लले ६२, आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए।

कप्तान राेहित पाैडेलले ३९ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी र ओपनर कुशल भुर्तेल १–१ रनमा आउट भए।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले पूरै ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएकाे थियाे।

नामिबियाकाे लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। उनले ११ चौका र १ छक्का प्रहार गरे। भने, पिकी या फ्रान्सले ४९ रनकाे याेगदान गरे।

त्यस्तै लोहार्ड लौरेन्सले ४१, माईकल भान २२, तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए।

नामिबियाविरुद्ध नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।

जारी सिरिजमा नेपालकाे याे लगातार तेस्राे जित हाे। त्यसअघि नेपालले नामिबिया र स्कटल्याण्टलाई पराजित गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-02-18 16:38:00

प्रतिकृया दिनुहोस्