१३ औं 'खुम्बु ल्होसार कप' को उपाधि ठमिछोवा फुटबल क्लबले जिते

ठमिछोवा फुटबल क्लबले १३ औं 'खुम्बु ल्होसार कप' को उपाधि उचालेका छन्।

शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ फुटबलको प्रतियोगिता शनिबार सम्पन्न फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३-१ को गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। ठमिछोवा क्लबले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ।

त्यस्तै नाम्चे युवा क्लब सेकन्ड रनर अप हुँदै ५० हजार नगदसहित र मेडल प्राप्त गरेको छ। तेस्रो स्थानको खेलमा आमाडब्लम जुभिङ शेर्पा क्लबले जुभिङ शेर्पा कुदिक क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै तेस्रो बनेका छन्। 

आमाडब्लम युवा क्लबले २५ हजार नगदसहित मेडल प्राप्त गरेको छ। शेर्पा समुदायको नयाँ वर्ष तथा महान चार्ड ल्होसारको अवसरमा विगत १२ वर्षदेखि खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आएको छ।

गत शनिबारदेखि सुरु भएको खेल काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।

खुम्बु पासाङल्हामु गाउँपालिका–खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। १३ औं संस्करणको खुम्बु ल्होसार कप माघ २८ देखि फाल्गुण ६ गतेसम्म भएको थियो। 

प्रतियोगितामा विगत् वर्षझैं ८ टिम खुम्जुङ युवा क्लब, खुन्दे कम्युनिटी क्लब, नाम्चे युवा समुह, ठमिछोवा फुटबल क्लब, आमाडब्लम युवा क्लब, महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मन्च र खुम्बु भेटेरनस् युनाइटेडको सहभागीता जनाएको थियो। 

१३ औं खुम्बु ल्होसार कपको आयोजक खुम्जुङ युवा क्लब र सह(आयोजक खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्ने छ भने  प्रायोजकहरुमा एभरेष्ट लिंक, एसियन ट्रेकिङ, युएस शेर्पा, हेली एभरेष्ट, नेपाल एअर लिंक, यक ब्रेविङ्, सगरमाथा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र नेपाल पर्वात्तारोहण संघ रहेको छ।

त्यस्तै सह-प्रायोजकहरुमा एक्सपिडिसन सञ्चालक संघ नेपाल, एटके बार एण्ड किचन, खुम्जुङ महिला समूह, खुम्बिला संरक्षण प्रतिष्ठान, शेर्पा ब्रिवारी, एडभेन्चर ६०००, अल्टिच्युड एअर, सगरमाथा नेक्स्ट, निर्माण संसार, स्वाकन अस्पताल, सिम्रिक एअर, द एडेलवेइस फेरिचे र सगरमाथा प्रदुषण नियन्त्रण समिति रहेका छन्। 

प्रतियोगिताको बैकिङ् सह(प्रायोजकमा नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक रहेका छन् भने किट पार्टनरमा के टि एम सिटी, आउटफिट पार्टनरमा लुक्ला आउटडोर र मेडिकल पार्टनरमा ह्याम्स अस्पतालले साथ दिएको थियो।

यसैगरी शेर्पा पनारोमा होटेल्स, न्यु इबिसी गेष्ट हाउस ( लोबुचे, हाइजेनिक इन्टरप्राइजेज, मनाङ एअर, शेर्पा बरिष्ट नाम्चे, ग्लोरी अफ नेपाल, फिष्टेल एअर, जुन एडुकेशनल कन्सल्टेन्सी, माउन्ट कैलाश लज ( मोंजो, हाम्रो प्रि स्कुल, ट्रेक्कर्स( ट्रेक फुड, प्रभु हेलीकप्टर र कलाइम्बालयद्वारा प्रतियोगितालाई सहयोग  गरेको थियो।

प्रकाशित मिति: : 2023-02-18 22:22:00

प्रतिकृया दिनुहोस्

    खुम्बु ल्होसर कप २०२३ सफलतापुर्बक सम्पन्न गर्नु भएकोमा खुम्जूङ्ग युवा क्लबलाई हार्दिक बधाई, शुभकामना तथा धन्यबाद । साथै खुम्बु ल्होसर कप २०२३ कार्यक्रमलाई राम्रोसँग Coverage गर्नु भएकोमा बिएल संबाधदाता एवँ वारिष्ट शेर्पा पत्रकार फुर्बा शेर्पालाई हार्दिक धन्यबाद दिन चहान्छाैँ ।

    • 2 बर्ष अगाडि
    • Ang Tshering Sherpa

    खुम्बु ल्होसर कप २०२३ सफलतापुर्बक सम्पन्न गर्नु भएकोमा खुम्जूङ्ग युवा क्लबलाई हार्दिक बधाई, शुभकामना तथा धन्यबाद ।

    • 2 बर्ष अगाडि
    • Ang Tshering Sherpa