डाेल्पाका विद्यालयमा पनि सुचना अधिकारी !

हिमाली जिल्ला डाेल्पाका सामुदायिक विद्यालयमा पनि सुचना अधिकारी राखिने भएको छ।

जिल्लाकाे ठुलिभेरी नगरपालिकाले पहिलाे पटक नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा एकजना शिक्षकलाई सुचना अधिकारी ताेक्न पत्राचार गरेकाे हाे।

यसअघि जिल्लाका कुनै पनि स्थानीय तहले विद्यालयमा सुचना अधिकारी ताेकेकाे छैन।

नगरपालिकाभित्र पर्ने २४ वटा विद्यालयमा सुचना अधिकारी ताेक्न पत्राचार गरिएको शिक्षा शाखा प्रमुख कमल बुढाले जानकारी दिए। विद्यालयमा सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्न नयाँ अभ्यास थालिएको उनले बताए।

प्रकाशित मिति: : 2023-02-26 17:56:00

प्रतिकृया दिनुहोस्