आईसीसी विश्वकप छनोट: नेपाल आज पपुवा न्युगिनीसँग भिडदैँ

CAN
CAN

आईसीसी विश्वकप लिग- २ ओडिआई सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। 

सोमबार देखि युएइमा सुरु हुने ओडिआई सिरिज अन्तर्गत नेपाल आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो। 

यसअघि नेपालले घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलेको थियाे, जहाँ नेपालले चार खेलमा चार वटा खेलमा विजय हासिल गरेको थियो। आजबाट लिग २ अन्तर्गत युएइमा हुने खेलमा नेपाल, पपुवा न्युगिनी, र युएइ खेल्ने छन्। 

घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले युएइमा हुने खेलमा पनि राम्रो नतिजा ल्याउने आशा छ। नेपालमा ब्याटिगमा केही आशालाग्दा खेलाडी भएतापनि बलिगका लागि भने, सन्दीप लामिछाने माथि नै निर्भर छ। तर, सर्वाच्च अदालतले उनलाई विदेश जाने आदेश नदिएपछि आज युएइमा हुने खेलमा सन्दीप हुने छैन्। घरेलु मैदानमा भएको खेलमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए। 

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ, भने,यूएई २८ खेलमा १३ जित र १२ हारको नतिजासहित २९ अंक जोडेर पाँचौँ स्थानमा छ। यसअघि ओमन र स्कटलन्डले विश्वकप छनोटका लागि आफनो स्थान पक्का गरिसकेको छ।

प्रकाशित मिति: : 2023-02-27 11:02:00

प्रतिकृया दिनुहोस्