प्रचण्ड सरकारले जनताको हितमा काम गर्न सक्दैन: डा.शिवमाया

नेकपा (एमाले)की महिला नेत्री तथा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छन्। जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँगकाे भेटघाटका क्रममा तुम्बाहाम्फेले यस्तो बताएकी हुन्।

एमालेको बुझाइमा सबैभन्दा अस्थिर नेता प्रचण्ड भएको र अस्थिर नेताले नेतृत्व गरेको सरकारले नेपालका लागि निकास दिन नसक्ने उनले बताइन्।

‘केही समय सकार्य गरेर सँगै अगाडि बड्दा जनताको हित हुन्छ कि भन्ने एमालेको धारणा थियो तर प्रचण्डले धोका दिनुभयो। स्थिर मानसिकता बोकेको मान्छेलाई अघि बडाउनुपर्छ भन्ने एमालेको भनाइ हो,’ उनले भनिन।

ग्रासरुट सुदृढिकरण कार्यक्रममा डोल्पा पुगेकी डा. तुम्बाहाम्फेले एमाले देशकै सबैभन्दा स्थापित पार्टी भएकाले अब एमाले रणनीति पार्टी सुदृढिकरणमा केन्द्रित हुने बताइन।

त्यति मात्र नभई संवैधानिक परिषदमा एमालेकै बहुमत रहेकाले अहिले सरकारलाई संवैधानिक नियुक्तमा असहजसमेत हुने तर्फ उनले संकेत गरिन।

नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा एमाले आफ्नो तर्फबाट उम्मेदवार मैदानमा उतारिसकेकाले त्यसको डटेर सामाना गर्ने उनको भनाइ छ।

‘एकातिर ८ दलीय गठबन्धन अर्कोतिर एमाले र राप्रपा मात्र एक छ। कांग्रेसको राष्ट्रपति पाउने कुरामा दुई मत छैन, तपाईंहरुको प्रक्रियामा गएको जस्तै मात्र हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले निर्वाचन प्रक्रियामा जितहार हुने भएकाले यसमा कुनै नौलो नभएको उनले बताइन्।

पत्रकारको अर्को प्रश्नमा नेकपा एमाले र राप्रपाको नीति, विधि र सिद्धान्त फरक भएपनि राष्ट्रिय हितका बिषयमा सहकार्य भइरहने उनको बताइन्।

‘राप्रपाले उठाएको हिन्दू राष्ट्रको मुद्धामा एमालेको साथ सहयोग हुन्छ कि हुन्न’ भन्ने पत्रकारको प्रश्नमा यसमा एमालेले कदापी सहयोग गर्न नसक्ने उनले बताइन्।

प्रकाशित मिति: : 2023-03-01 09:56:00

प्रतिकृया दिनुहोस्