तेस्रो संस्करणको ‘लिगलिगे साइकल दौड’ प्रतियोगिता आगामी चैत्र ४ गते पालुङ्टारमा हुने भएको छ।
लिगलिगकोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले लिगलिगे साइकल दौड वर्षेनी प्रतियोगिता आयोजना गरिँदै आएको हो।
गत दुई वर्षदेखि सुरूवात गरिएको प्रतियोगितालाई यसपटक पनि निरन्तरता दिन लागिएको आयोजक भिलेज स्पोर्टसले बिएल नेपाली सेवालाई जानकारी दिए।
प्रत्येक वर्ष डौडेर राजा हुने परम्परा भएको लिगलिगकोट क्षेत्रको इतिहास, संस्कृति र प्रकृतिलाई साहसिक खेलकुदको माध्यमद्वारा उजागार गरी पर्वतीय पर्यटनको विकास गर्ने उद्देश्यले लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष बिनोद श्रेष्ठले बताए।
'खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गराउने हाम्रो प्रमुख उद्देश्य हो' उनले भने।
साइकल दौड प्रतियोगिताको रजिष्ट्रेसन शुल्क रू १५०० राखिएको छ, साथै सहभागिताको लागि रजिष्ट्रेसन खुल्ला गरिएको छ। थप जानकारीको लागि सम्पर्क : ९८४१२६७०९४, ९८४५९२००५४, ९८५११७८३७८
तलको गुगल फारम मार्फत सहभागी जनाउन सकिनेछ।
https://forms.gle/V7pY9RzCh48bX4pJ7