हकिमीमाथि बलात्कारको आरोप

फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन्।

चौबीस वर्षीय हकिमीलाई २४ वर्षीया एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए।

गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण हिस्सा रहेका म्याड्रिडबाट फुटबल खेलमा ख्याती कमाएका हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए। एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

हकीमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युबतीलाई पैसा तिरेको आरोप लगाइएको छ।

सोमबार, हकिमी पेरिसमा फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए। उनलाई पेशेवर फुटबलरहरूको लागि विश्वव्यापी प्रतिनिधि संगठन (एफआईएफप्रो) पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो।

कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काकोे फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए। मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो।

फ्रान्सको कानुनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन।
 

प्रकाशित मिति: : 2023-03-03 19:02:00

प्रतिकृया दिनुहोस्