तीन दशकअघि उषा तितिक्षुले खिचेका दुई तस्वीर (भिडियाेसहित)

शिलापत्र

नवराज कुँवर र सुशील श्रेष्ठ

२०४६ सालदेखि निरन्तर सक्रिय सम्भवतः नेपालकै पहिलो स्वतन्त्र फोटो पत्रकार महिला हुन् उषा तितिक्षु ।

उनकै भनाइमा कहिल्यै कुनै मिडियामा जागिरै गरेर फोटो खिचिनन् तर ‘फ्रिलेन्सर’का रूपमा उनले खिचेका तस्वीर देशविदेशका अखबार र म्यागेजिनहरूमा छापिए । 

कान्तिपुर, द काठमाडौं पोस्ट, हिमाल खबर, मूल्याङ्कन, युगसंवाद, दृष्टि, अस्मितालगायत थुप्रै पत्रिकाले उनका तस्वीर छापेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको बखत उनले खिचेका केही तस्वीरको चर्चा विदेशमा पनि भयो । बहुदलपछि देशमा भएका महत्त्वपूर्ण राजनीतिक घटना, परिघटनालाई क्यामेरामा सँगालेकी उनै वरिष्ठ स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षु आजको फोटोकारमा । सबैभन्दा पहिला दुई तस्वीर हेरौँ, जुन उनले करिब तीन दशकअघि लिइएको हो 

प्रकाशित मिति: : 2023-03-04 11:38:00

प्रतिकृया दिनुहोस्