देशैभरि जग्गा वर्गीकरण लागु गर्न र कित्ताकाट खोल्न उत्पन्न भए यस्ता उल्झन

बिबिसी

काठमाडाैँ

सरकारले जारी गरेको जग्गा वर्गीकरणसम्बन्धी नियमावली कार्यान्वयनमा उत्पन्न उल्झनका कारण देशै भरी घरजग्गा कारोबारमा शिथिलता आएको र त्यसको प्रभाव अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको जानकारहरूले बताएका छन्।

उनीहरूका भनाइमा उक्त नियमावलीले व्यवस्था गरेअनुसार आफ्नो क्षेत्रभित्रको जग्गा वर्गीकरणको जिम्मा पाएका स्थानीय तहहरूले कैयौँ “जटिलता सामना गरिरहेका” छन्।

त्यस्ता जटिलताका कारण घरजग्गा कारोबारबाट हुने राजस्व आम्दानी कमी हुनुका साथै कारोबार पनि निकै घटेको भूमि मामिला हेर्ने अधिकारीहरूको भनाइ छ।

यद्यपि गएको एक वर्षदेखि नेपालमा लगानीयोग्य पुँजीको अभाव देखिएकाले त्यसको प्रत्यक्ष प्रभाव पनि जग्गाजमिनको कारोबारमा परेको विज्ञहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: : 2023-03-06 12:31:00

प्रतिकृया दिनुहोस्