३ वटा रेस्टुरेन्ट बन्द भएपछि अर्जुनले खोलेको 'भोजन नेपाल'

सेतोपाटी

निर्मला घिमिरे
फाइल तस्बिर
फाइल तस्बिर

कोभिड महामारी सामान्य हुँदै गएपछि अनलाइनबाट खानेकुरा मगाउने चलन बढ्दै थियो। एक दिन अर्जुन टमाटाले पनि खानेकुरा मगाए।

काठमाडौंका विभिन्न ठाउँमा उनका आफ्नै तीन वटा रेस्टुरेन्ट थिए। कोरोनाका कारण सबै बन्द भए। उनी घरमै थिए। घरबाहिरको खानेकुरा नखाएको लामै समय भएको थियो।

'म खानाप्रेमी छु। नयाँ स्वाद खान मन लागेर मगाएँ। सबैजसो खानेकुराको मूल्य सामान्य अवस्थाको भन्दा दोब्बर बढी पर्ने रहेछ,' उनले भने।

सामान्य अवस्थामा एक सय रूपैयाँ हाराहारी पर्ने खानेकुरा लकडाउनका समयमा मगाउँदा दुई सय ५० रूपैयाँ तिर्नुपरेको उनले बताए। त्यसमा डेलिभरी शुल्क पनि थपिँदा त झनै महँगो भयो।

यसपछि अर्जुन आफैं 'फुड डेलिभरी' कम्पनी खोल्न कस्सिए। उनको उद्देश्य प्रचलितभन्दा सस्तोमा गुणस्तरीय खानेकुरा डेलिभरी गर्ने थियो। 

प्रकाशित मिति: : 2023-03-07 06:06:00

प्रतिकृया दिनुहोस्