गायिका समिक्षा अधिकारीले बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने देखेको बताएकी छिन्। ११३औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा बुधबार साँझ सामाजिक सञ्जालमा शुभकामना लेख्दे उनले यस्तो बताएकी हुन।
उनले नारिका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु देखेको उल्लेख गरेकी छिन्। भनेकी छिन्, ‘नारीका बारेमा खोक्रो आदर्शवादका कुरा गर्नेहरु पनि देखें, बाहिर कठै बिचरा भन्दै पिठ्यूमा छुरा प्रहार गर्ने पनि देखे, समानता र समावेशीको काम्लो ओढेर आफैंले आफैंलाई नारीवाद कहलिएकाहरुलाई पनि देखे, नारीको इज्जत सम्मान गर्न नजान्नेहरुले नारीको बारेमा बोलेका बकम्फुसे कुरा पनि सुने, देखे।’
गायिका समिक्षाले साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान भनेर आग्रहसमेत गरेकी छिन्। उनले अगाडि भनेकी छिन्, ‘साँच्चिकै नारीलाई मान्ने हौ भने आत्माबाट मान, तिम्रो व्यवहारका पोल्टामा नारीलाई सम्मान गर नाकी फेसबुके स्टाटस् र तिम्रो भाषणमा। ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्ण नारीहरुमा शुभकामना।’