डाेल्पामा पहिलो पटक जिल्ला प्राशासनबाटै राहदानी वितरण सुरु, सेवाग्राही खुसी

हिमाली जिल्ला डोल्पामा पहिलो पटक जिल्लाबाटै राहदानी वितरण सुरु गरिएको छ।

जिल्ला प्राशासन कार्यालयले डाेल्पादेखि राजधानी जान आउन समय आर्थिक हिसाबले पनि खर्चिलाे हुने भएकाले जिल्लाबाटै पासपोर्ट (राहदानी) सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पाेख्रेलले जानकारी दिए।

अब जिल्लाबाटै प्रक्रिया पूरा गरेकाे एक महिनामा राहदानी पाइने प्रजिअ अधिकारीले  बताए।

पहिलाे पटक ठुली भेरी नगरपालिका १ का चन्द्र प्रकाश रोकाया र त्रिपुरासुन्दरि नगर पालिका ११ का गनेशमान पुन लाई पासपोर्ट (राहदानी) प्रदान गरेकाे प्रशासनले जनाएको छ।

जिल्लाबाटै राहदानी पाउँदा पैसाको बचत, समयको बचत र सहज, सरल हुने स्थानीय सेवाग्राही गनेशमान पुनले बताए। अबका दिनमा राहदानीकैलागि लाखाैँ खर्च गरेर काठमाडौँ धाउनुपर्ने अवस्था हटेकाे प्रशासनले जनाएको छ।

प्रकाशित मिति: : 2023-03-09 17:41:00

प्रतिकृया दिनुहोस्