जाे ‘राताे र चन्द्र सूर्य...’ गाउँदै त्रिवि मैदानमा चम्किरहेका छन्

आइसीसी विश्वकप लिग– २ अन्तर्गतको जारी सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नेपालले पछिल्लाे पटक खेलका ११ मध्ये १० खेलमा जित निकालेर अवसरका नयाँ ढाेका खाेलेकाे छ। आइतबार युएईलाई पराजित गर्दै एकदिवसीय मान्यता पनि कायम गर्‍याे। अब नेपालले बिहीबार युएईसँग हुने सिरिजकाे अन्तिम खेल जिते सिधैं एकदिवसीय विश्वकप छनाेट चरणमा पुग्नेछ।

नेपालकाे उत्कृष्ट पुनरागमनमा विशेषगरी नयाँ खेलाडीले महत्वपूर्ण याेगदान गरेका छन्। लेग स्पिनर सन्दीप लामिछाने, कप्तान राेहित पौडेल दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आसिफ शेखलगायतले नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्।

कप्तान रोहित पाैडेल

विभिन्न घटना परिघटनापछि नेपाल क्रिकेट संघ (क्यान)ले गत कात्तिक २६ गते २० वर्षीय खेलाडी राेहितकुमार पाैडेललाई राष्ट्रिय टाेलीकाे नेतृत्व सुम्पियाे। सानाे उमेरमै राष्ट्रिय टाेलीकाे कप्तानी सम्हालेका राेहितले जारी सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

सन २०१८ मा नेदल्याण्डसँगकाे खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका राेहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्न सफल भएका छन्। उनले आफ्नाे जीवनको ३३औँ खेलमा १ हजार रन पूरा गर्न सफल भएका हुन्।

यस लिगको १ खेल बाँकी रहँदासम्म उनले आफ्नाे प्रदर्शनीलाई उत्कृष्ट बनाइरहेका छन्। उनले घरेलु मैदानमा भएको पहिलो खेल नामिवियाविरुद्ध्ध ७२ रनकाे अर्धशतकीय इनिङ खेलकाे थिए। सोही खेलमा ५५ रन जाेड्दा राेहितकाे एक हजार रन पूरा भएकाे थियाे। त्यस्तै, नामिबियासँगको अर्काे खेलमा उनले ३९ रन बनाउका थिए। राेहितले घरेलु मैदानमा युएईसँगको खेलमा पहिलाेमा ६ र दाेस्राे खेलमा १५ रन बनाएका थिए।

लिग– २ कै सिरिजमा युईएइमा भएको खेलमा कप्तान रोहितले पपुवा न्युगिनीसँगको खेलमा २० रन बनाएका थिए। यता, लिगको अन्तिम सिरिजमा गत बिहीबार पपुवा न्युगिनीसँग भएको खेलमा रोहितले ३० रन बनाएका थिए। आइतबार युएईविरुद्धको खेलमा उनले पुन: अर्धशतक पारे गरे। उनले ७७ रन बनाएर आउट हुन पुगे। राेहितले एकदिवसीय सिरिजमा ८ वटा अर्धशतक प्रहार गरेका छन। उनले कप्तानी सम्हाले यता नेपाली टाेलीले निरन्तर सुखद प्रदर्शन गरिरहेकाे छ।

आसिफ शेख

गत बिहीबार पपुवा न्युगिनीलाई हराउनमा सबैभन्दा ठुलो योगदान आसिफ शेखको रह्याे। साे खेलमा उनले शतकीय इनिङ खेल्दा एकदिवसीयमा उनकाे एक हजार रन पनि पूरा भएकाे छ।

उनले पपुवा न्युगिनीविरुद्धको खेलमा ११० रन बनाएका थिए। सन २०२१ मा नेदरल्याण्डविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनी घरेलु मैदानमा भएको नामिवियासँगको पहिलो खेलमा शुन्य रनमा आउट भएका थिए। भने, नेपालले नामिवियासँग खेलेको दोस्रो खेलमा आसिफले अर्धशतक पूरा गरेका थिए, जहाँ उनी ८१ रन बनाएर आउट हुन पुगे।

त्यस्तै स्कटल्याण्टसँगको पहिलो खेलमा भने उनले १४ बलमा ९ रन बनाएर आउट भएका थिए। भने, दोस्रो खेलमा उनी १२ रन बनाएर मैदानबाट फर्किए।

युएईमा भएको लिग– २ सिरिजको खेलमा पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा उनीले ३३ रन बनाए आउट भए। आसिफ शेख हालसम्म नेपालबाट ओडीआईमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी बन्न सफल भएका छन्। नेपालको जितको लागि आसिफले पनि मुख्य भूमिका निर्वाह गरेका छन्।

तर, आइतबार युएईविरुद्धको खेलमा शुन्य रनमा आउट हुन पुगेका उनले साेमबार पपुवा न्युगिनीविरुद्ध अर्धशतकीय इनिङ खेले। साेमबार पपुवा न्युगिनीविलाई ९ विकेटले पराजित गर्दा उनले जम्मा २१ बलमा ५३ रन प्रहार गरेका थिए।

सन्दीप लामिछाने

पाँच महिने जेलजीवन बिताएर मैदानमा पुनरागमन गरेका लेग स्पिनर सन्दीप लामिछानेले मैदानमा ‘आगाे ओकलिरहेका’ छन्। उनले पहिलाे पटक भएका ११ खेलमा अधिकांशमा ३ भन्दा बढी विकेट लिरहेका छन्। भने, ब्याटिङमा समेत भरपर्दाे प्रदर्शन गरिरहेका छन्।

उनले साेमबार भएकाे युएईविरुद्धकाे खेलमा त झन पाँच विकेट लिएर छिटाे समयमा एक सय विकेट पूरा गर्ने दुर्लभ कीर्तिमानीकाे दैलाेमा पुगेका छन्। उनले ४० खेलबाट ९८ विकेट लिएका छन्। अब उनले दुई विकेट लिए ओडीआइमा सबैभन्दा छिटो सय विकेट लिने अफगानिस्तान राशिद खानको विश्व कीर्तिमान बराबरी गर्ने छन्। त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान ताेड्दै गर्दै आफ्नो नाममा राख्ने छन्।

नेपालले गत फागुन २ गते नामिवियाविरुद्ध खेलेको थियो, जहाँ सन्दीपले आफ्नाे दोस्रो बलमै विकेट लिएर मैदानमा पुनरागमन गरेका थिए। सोही खेलमा नै उनले ३ विकेटसमेत लिएका थिए। त्यस्तै दोस्रो खेलमा स्कटल्याण्डविरुद्धको खेलमा पनि उनले ३ विकेट लिन सफल भए। घरेलु मैदनमा भएको लिग– २ काे त्रिकाेणात्मक सिरिजकाे खेलमा सन्दीपले कुल १४ विकेट लिएका थिए।

युएईकाे घरेलु मैदनमा भएकाे पहिलो खेलमा पनि सन्दीपले तीनै विकेट लिएका थिए, उनको तीन विकेट बाबजुद पनि नेपाल यूएईसँग हारेको थियो।

त्यस्तै युएईसँगको दोस्रो खेलमा भने सन्दीपले एक विकेट लिए। लिग– २ को अन्तिम सिरिजअन्तर्गत बिहीबार पपुवा न्युगिनीसगँको खेलमा सन्दीपले यस लिगभरिको सर्वाधिक ४ विकेट लिनसमेत भए। त्यस्तै आइतबार युएईविरुद्धको खेलमा उनले दुई विकेट लिन सफल भएका छन।

सन्दीप हालसम्म २०२३ को विश्वभरका बलरहरुको पहिलो नम्बरमा छन्। उनले विगत ८ खेलमा २२ विकेट लिएका छन।

दीपेन्द्रसिंह ऐरी

नेपालले विगत ११ खेलमा १० खेल जित्न सफल भएको छ। जसमा दीपेन्द्रसिंह ऐरीले पनि मुख्य भूमिका निर्वाह गरेका छन्।

नेपालले घरेलु मैदानमा स्कटल्याण्डसँग खेलेको पहिलो खेलमा १ विकेट लिन सफल भए। नामिवियासँगको पहिलो खेलमा भने उनले राम्रो प्रदर्शनी दिन सकेनन्। त्यस्तै स्कटल्याण्टसँगको दोस्रो खेलमा पनि उनले मात्रै ७ रन जोडेर आउट भए।

युएईमा पपुवा न्युगिनीसँगको खेलमा पनि दीपेन्द्रले २२ रन बनाएर मैदानबाट बाहिरिए। युएईसगँको पहिलो खेलमा उनी २०औं ओभरको तेस्रो बलमा बोल्ड आउट भए। युएईसँगकाे अर्काे खेलमा भने उनी ३ विकेट लिन सफल भए।

त्यस्तै गत बिहीबार घरेलु मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा भने उनले उत्कृष्ट प्रदर्शन गरे, जहाँ उनले सात रन बनाए भने दुई विकेट लिन सफल भए। आइतबार युएईविरुद्धकाे खेलमा पनि उनले १ विकेट लिन सफल भए।

प्रकाशित मिति: : 2023-03-14 15:48:00

प्रतिकृया दिनुहोस्