ए डिभिजन लिगमा खुमलटारले हिमालयन र्शपालाई हरायो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नवप्रवेशी टिम एफसी खुमलटारले हिमालयन शेर्पालाई पराजय गरेको छ।

सोमबार च्यासल फुटबल मैदानमा भएको खेलमा खुमलटारले हिमालयनलाई २-१ ले हराएको हो। यो जितसँगै खुमलटारले दोस्रो जित हासिल हात पारेको छ।

खुमलटारको जितका लागि मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे। खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ। यो जितसँगै खुमलटार चौंथो स्थानमा उक्लिएको छ। यता, हिमालयन र्शपा क्लबको भने यो दोस्रो हार हो।

प्रकाशित मिति: : 2023-03-13 16:50:00

प्रतिकृया दिनुहोस्