नेपाल युएईसँग भिड्दै, विश्वकप छनोटमा पुग्न जित्नै पर्ने

आईसीसी विश्वकप लिग टु अन्तर्गत आज नेपाल र युएईबीच यस सिरिजको अन्तिम खेल हुँदै छ। 

बिहिबार हुने यस सिररिजको अन्तिम खेल त्रिवि मैदानमा बिहान ९: ३० बजे देखि हुँदैछ। नेपालले आज कुनैपनि हालतमा युएईलाई पराजय गर्नुपर्ने छ। नेपालले आज युएईमाथि विजय हासिल गरेमा नेपाल सीधै विश्वकप छनोटमा पुग्नेछ। नेपाल आज मैदानमा गर या मर को अवस्थामा मैदानमा उत्रिन पर्छ। 

गत फागुन २ देखि ७ गतेसम्म घरेलु मैदानमा भएको सिरिजमा नेपालले ४ खेल जितेर क्लिन स्वीप गरेको थियो। त्यस्तै, युएईमा भएको सिरिजमा नेपालले ४ खेलमा ३ खेल जित हात पारी एक खेलमा पराजय भएको थियो। यता, पुन घरेलु मैदानमा भएको सिरिजमा पनि नेपालले हालसम्म ३ खेलमा ३ खेल जितेको छ। आज पनि नेपाल युएईलाई हराउने दबाबमा मैदानमा उत्रिदैँछ। 

गत आईतबार नेपालले युएईमाथि १७७ रनको सानदार जित हासिल पारेको थियो। त्यस्तै, आजको खेलले नेपाल विश्वकप छनोटमा पुग्ने नपुग्ने बा्ेमा निर्णय लिन्छ। लिग टु को र्शीष स्थानमा स्कटलनड छ भने, नेपाल ३८ अंक जोडेर चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2023-03-16 06:50:00

प्रतिकृया दिनुहोस्