खोटाङे चेलीको तस्वीर संसारकै उत्कृष्ट १५ मा, दङ्ग छन् फोटोग्राफर श्रेष्ठ (भिडियाेसहित)

शिलापत्र

नवराज कुँवर

आफ्नो २५ वर्ष लामो फोटोग्राफी यात्रामा ५२ वर्षे फोटाग्राफर किशोर श्रेष्ठ अहिले सबैभन्दा बढी खुसी छन् । उनले खिचेको एक तस्वीर संसारकै प्रतिष्ठित वर्ल्ड फोटोग्राफी अवार्ड्सको पुस्तकमा छापिएको छ । गत साता उनले उक्त फोटो पुस्तक हात पारेका छन् ।

‘फोटोग्राफरका लागि सोनी वर्ल्ड फोटोग्राफी अवार्डअन्तर्गत कुनै पुरस्कार पाउनु भनेको सिनेमाकर्मीले ओस्कार पाउनुजस्तै हो’, उनले भने, ‘प्रतियोगिताको आयोजकले इमेलमा मलाई दिएको जानकारीअनुसार, मैले खिचेको फोटो ३ लाख ७६ हजार तस्वीरबाट छानिएको हो ।’

प्रकाशित मिति: : 2023-03-18 11:26:00

प्रतिकृया दिनुहोस्