कस्तो सेना, कत्रो सेना?

हिमाल खबर

मनबहादुर बस्नेत
काठमाडौंको टुँडिखेलमा सेना दिवस, २०७९ मा परेड गर्दै नेपाली सैनिक। तस्वीरहरू: गोपेन राई/हिमालखबर
काठमाडौंको टुँडिखेलमा सेना दिवस, २०७९ मा परेड गर्दै नेपाली सैनिक। तस्वीरहरू: गोपेन राई/हिमालखबर

द्वन्द्वकालमा दोब्बर बढेर एक लाख पुगेको सैनिक संख्या घटाई संगठनलाई समयानुकूल सबल नबनाउने र सैन्य नेतृत्वको बढ्दो आर्थिक महत्त्वाकांक्षामा लगाम नलगाउने हो भने मुलुकले सुरक्षा र सुशासनमा ठूलो मूल्य चुकाउनुपर्छ।

नेपाली सेनाले वर्षदिनअघि लागू गरेको कमान्ड संरचना गत भदौमा खारेज गरी पृतना ब्युँतायो। मन्त्रिपरिषद्बाटै स्वीकृत यो निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न नचाहेको उसले बल्ल ६ महीनापछि सेना दिवसको अघिल्लो दिन (फागुन ५) अन्तर्य खोल्यो। जङ्गी अड्डामा आयोजित नियमित सम्बोधनमा प्रधानसेनापति प्रभुराम शर्माले कमान्ड संरचना अव्यावहारिक भएको जनाउँदै पृतनाले ‘सम्भावित दूरगामी प्रभाव निष्क्रिय पार्न अचुक ओखतीको भूमिका खेल्ने’ बताए।

प्रकाशित मिति: : 2023-03-22 05:33:00

प्रतिकृया दिनुहोस्