मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ।

सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेकाे हाे।

समितिमा सहसचिव शर्मासहित गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन्।

बर्दिबासदेखि ११ दिन हिँडेरै काठमाडाैँ आएका मिटरब्याज पीडितहरुले अहिले नाराबाजी जारी राखेका छन्। 

प्रकाशित मिति: : 2023-03-28 11:48:00

प्रतिकृया दिनुहोस्