कसैले नखाएको जागिर खाएकी!

सेतोपाटी

यमुना अर्याल (काफ्ले)

‘महिला अधिकारका धेरै कुरा सुनें बहिनी,नारा र भाषणका त कुरै नगर तर त्यो बेलामा मैले आफ्नै घरभित्र गरेजस्तो विद्रोह गर्ने महिलाहरू निकै कम देखेँ। हुन त यो मेरो भोगाइ हो तर कोही कसैसँग मेल खान्छ होला नि? मेरो भोगाइ उतार्न सक्छौ?’ 

एक जना दिदीले आग्रह गर्नुभयो। धेरैबेर उहाँसँग कुरा गरेपछि लेख्ने जमर्को गरेँ। 

घरमा 'विद्रोह' गर्दा एक्लिएको भोगाइ:

म र मेरो भाइको उमेरमा दुई वर्षको मात्रै अन्तर छ। हामी सँग-सँगै हुर्कियौं, सँगसँगै पढ्यौं। लैैंगिक रूपमा त स्वाभाविक रूपमा हामी अलग थियौं  तर भोगाइ, सिकाइ अनि व्यवहार पनि ठ्याक्कै अलगअलग। 

प्रकाशित मिति: : 2023-03-29 06:25:00

प्रतिकृया दिनुहोस्