प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले लाओसलाई २-१ले पराजित गरेर उपाधि हात पारेको हो।
नेपालको जितको लागि खेलकाे १६ औँ मिनेटमा आयुस घलानले गाेल गरेका थिए। यता, खेलकाे ८६ मिनेटमा मनिष डाँगीले गाेल गरेर नेपालाई सफलता दिलाए।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भएको हो। तीन राष्ट्र सम्लित उक्त खेलमा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा भएको थियो।
गत चैत्र ८ गतेदेखि सुरु भएको थ्री नेसन्स कपको उद्दघाटन खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो, जहाँ नेपालले लाओसलाई २-० ले पराजय गरेको थियो। त्यस्तै, दोस्रो खेल लाओस र भुटानबीच भएको थियो, उक्त खेलमा लाओसले भुटानलाई २-१ ले पराजय गरेको थियो।
यता, नेपालले गत चैत्र १४ गते भुटानसँग खेलेको थियो, जहाँ खेल १-१ को बराबरीमा रोकिएको थियो। आज भएको फाइनल खेलमा खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता पाउने छैन्। फिफाले मान्यता दिएको अवधि सकिएकाले आज भएको खेल अनौपचारिक खेल रहन्छ।
थ्री नेसन्स कप विजेता टोली नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्यो भने उपविजेता टोली लाओसले ३ हजार अमेरिकी डलर प्राप्त गर्यो।