ए डिभिजन लिग: संकटाले खुमलटारलाई हरायो

photo : anfa
photo : anfa

सहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा सकंटा क्लबले एफसी खुमलटारलाई पराजय गरेको छ।

सोमबार एन्फा कम्लेक्समा भएको खेलमा खुमलटार संकटासँग १:०ले पराजय भयो। संकटाका लागि खेलको २७ औँ मिनेटमा जुनियर ओन्गुएनेले निर्णायक गोल गरे। जितसँगै खेल तालिकमा संकटा ९ अकं जोडी छैटौ स्थानमा रहेको छ भने, खुमलटार ६ अकं जोडेर तालिकाको नवौँ स्थानमा रहेको छ।

त्यस्तै, च्यासल फुटबल मैदानमा भएको एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २:० ले हराएको छ। एपीएफका लागि खेलको ५७ औँ मिनेटमा हरि कार्कीले गोल गरे भने, खेलको इन्जुरी समयमा  सबिन गुरुङले गोल गरेर सहज जित निकाले।

यो जितसँगै एपीएफ फुटबल क्लब खेल तालिकमा १० अकं जोडेर पाँचौ स्थानमा छ भने,नेपाल पुलिस क्लब १ अकं जोडेर खेल तालिकाको पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-03 16:31:00

प्रतिकृया दिनुहोस्