ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौँमा जारी 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आज दुई खेल हुँदैछ।

मगंलबार दिउँसो २ बजे च्यासल फुटबल मैदानमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। सोही समयमा एन्फा कम्लेक्समा जावलखेल युथ क्लब र सातोबाटो युथ क्लबबीच खेल हुनेछ। 

पाँचौ चरणको खेल सकिँदा एनआरटी २-० अकं जोडेर १३औँ स्थानमा रहेकाे छ भने, चर्च ब्वाइज युनाइटेड ११-० अकं जोडेर शीर्ष तीन स्थानमा रहेको छ।

त्यस्तै, पाँचौ चरणको खेलसम्म सातोबाटो युथ क्लब १२-० अकं जोडेर तालिकाको शीर्ष स्थानमा रहेकाे छ भने, जावलखेल युथ क्लब १०-० अकं जोडेर तालिको चौथो स्थानमा आएकाे हाे।

प्रकाशित मिति: : 2023-04-04 07:41:00

प्रतिकृया दिनुहोस्