ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक 'ए डिभिजन लिग' फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन।

शुक्रबार च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ भने, एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल दिउँसो २ बजे हुनेछ।

मनाङ मर्स्याङदी क्लब ११ अंक जोडेर खेलको चौथो स्थानमा छ भने, फ्रेन्ड्स क्लब ४ अंक जोडेर १२ औं स्थानमा छ। त्यस्तै, एफसी खुमलटार ६ खेल खेलेर ११ औँ स्थानमा रहेको छ। यता, जावलाखेल युथ क्लब ६ खेलमा १३औँ अंक जोडर खेलको शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-07 11:37:00

प्रतिकृया दिनुहोस्