आगामी वैशाखमा ५ गतेदेखि सुरु हुने एसीसी कपअघि घरेलु टोली नेपालले बहराइन र ओमनसँग अभ्यास खेल खेल्ने भएको छ।
प्रतियोगिताका लागि ओमनका टोली आज नेपाल आउँदैछ। नेपालले आगामी अप्रिल १२ तारिख बहराइन तथा अप्रिल १५ तारिख ओमनसँग अभ्यास खेल खेल्ने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।
१० राष्ट्र सम्मिलित एसीसी कपमा नेपाल समूह 'ए' मा छ। नेपालसँगै समूह 'ए' मा कतार, मलेसिया र साउदी अरब रहेका छन् भने समूह 'बी' मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन रहेका छन्।
नेपालले ओमन र बहराइनकाे खेल मुलपानी क्रिकेट मैदानमा खेल्ने सचिव पाठकलले बताए। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
ओमनले आइतबार नै एसीसी प्रतियोगिता खेल्ने टोलीको घोषण गरिसकेको छ भने नेपालले हालसम्म टोली घोषणा गरेको छैन।