ए डिभिजन लिग: फ्रेन्ड्स पुलिस क्लबसँग पराजित

काठमाडौँमा जारी सहिद स्मारक 'ए डिभिजन लिग' अन्तर्गतको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

सोमबार सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लब ३:१ ले पराजय गरेर पहिलो जित निकालेको छ। सातौँ चरणको अन्तिम खेलसम्म आइपुग्दा पुलिसको यो पहिलो जित हो।

नेपाल पुलिसका लागि बुद्ध बल तामाङले दुई गोल गरे भने, विदेशी खेलाडी मोसेसले गोल गरेर पुलिसलाई सफलता दिलाए। त्यस्तै, फ्रेन्ड्स क्लबका लागि टोरिक जेब्रिनले एक गोल गरेर।

उता,दशरथ रगंशालमा भएको अर्का खेलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले ०-० को बराबरीमा रोकिएको छ।

प्रकाशित मिति: : 2023-04-10 16:12:00

प्रतिकृया दिनुहोस्