ए डिभिजन लिग: थ्री स्टार क्बलसँग नेपाल पुलिस पराजित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको खेलमा नेपाल पुलिस क्लब थ्री स्टार क्लबसँग पराजित भएको छ।

बिहिबार एन्फा कम्लेप्क्समा भएको सो खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजय गरेको हो। थ्री स्टारका लागि खेलको ६५औँ मिनेटमा अजयी मार्टिन्सले गोल गरेर सफलता दिलाए।

यो जितसँगै थ्री स्टार क्लबले ८ खेलमा १४ अंक जोडेको छ भने, नेपाल पुलिस क्लबको यो छैटौँ हार हो।

प्रकाशित मिति: : 2023-04-13 17:22:00

प्रतिकृया दिनुहोस्