ए डिभिजन लिग: आज तीन खेल हुँदै

फाइल तस्विर
फाइल तस्विर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको नवौँ चरणको पहिलो खेलमा आज तीन खेलहरु हुँदैछन्।

काठमाडौँमा जारी लिग अन्तर्गत आज दुई खेल दशरथ रगंशाला र एक खेल च्यासल फुटबल मैदानमा हुने छन्।

च्यासल फुटबल मैदानमा दिउँसो ३ बजे मनाङ मर्स्याङदी क्लब र जावालखेल युथ क्लबबीच भिडन्त हुनेछ। भने, सोही समयमा दशरथ रगंशालमा मछिन्द्र फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्दै छन्।

यता बेलुका ६ बजे दशरथ रगंशालमा त्रिभुवन आर्मी फुटबल क्लब र खुमलटार क्लबीच प्रतिस्पर्धा हुनेछ।

आठौँ चरणमा खेलसम्म कुल ५४ वटा खेल भएका छन्। आठौँ चरणको खेलसम्म मनाङ मर्स्याङदी क्लब १२ अंकसहित खेल तालिकाको दोस्रो स्थानमा रहेको छ। ५४ वटा खेल सकिँदा जावालखेल युथ क्लब १४ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ।

त्यस्तै मछिन्द्र फुटबल क्लब १२ अंक जोडी ८औँ स्थानमा छ। भने, एनआरटी ६ अंक जोडेर तालिकाको १२औँ स्थानमा छ।

यता त्रिभुवन आर्मी फुटबल क्लब १२ अंक जोडी तालिकाको शीर्ष ५औँ स्थानमा छ। भने, खुमलटार युथ क्लब ७ अंक जोडेर खेल तालिकाको ११औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-15 06:26:00

प्रतिकृया दिनुहोस्