यातायात कार्यालयकाे सर्भरमा किन आउँछ बारम्बार समस्या ?

उमेश थापा

काठमाडौं
BreaknLinks
BreaknLinks

केही दिनदेखि प्रभावित भएकाे यातायात कार्यालयकाे सेवा आजदेखि सुचारु भएको छ। सर्भर बिग्रिँदा कार्यालयहरु सेवा प्रभावित भएकाे थियाे। सर्भरकाे समस्या समाधान भएपछि आजदेखि सेवा सुचारु भएको हाे।

काठमाडौं यातायात व्यवस्था विभागको सूचना बमोजिम जीआईडिसीमा समस्या देखेपछि ठूला भर्‍याङ, एकान्तकुनामा गत चैत २८ गतेदेखि काम ठप्प थियो। सेवाग्राहीहरु यातायात कार्यालय पुगेर फर्किने मात्र काम भएको थियो।

यो सर्भर बिग्रिँदा सर्वसाधारण मारमा परेका थिए यातायात कार्यालयले समयमा सूचना दिन सकेकाे थिए। कार्यालयका कर्मचारीहरु चार दिनसम्म कार्यालय जाने र हाजिर गरेर घर फर्किने मात्र काम थियो। उक्त समस्या आएपछि मंगलबार दिउँसोदेखि नै सेवाग्राहीहरु मारमा परेका थिए। 

जीआईडिसीको सर्भर सिंहदरबारभित्र छ। जीआईडिसीले यातायात क्षेत्रको मात्र नभई सम्पूर्ण सरकारी कार्यालयहरुको डाटा स्टोर गर्छ। तर, एउटा कार्यालयमा बिँग्रिदा अरु कार्यालयलाई भने असर पर्दैन। सर्भर समस्याकै कारण यातायात कार्यालयकाे सेवा पाँच दिन प्रभावित भयाे।

एनआईडी आईटी डिपार्ट कर्मचारीका अनुसार यो समस्याको समाधान ७२ घण्टाभित्र हुन्छ। 'धेरै समस्या नै भएको भएपनि तीन दिनभित्र सकिन्छ। यत्रो समय त नलाग्नु पर्ने हाे', उनले थपे, 'केही स्टोरेज थप्न गर्न वा स्पिड बढाउँदा धेरै समय लागेको हो भन्ने पनि छ।'

जीआईडिसीले नयाँ सर्भर प्रयोग गर्न खोजेको हो। जीआईडिसीले सर्भर बनाउने कामभन्दा पनि यातायात क्षेत्रको लागि नयाँ सर्भर हुन्छ कि हुँदैन भनेर कोसिस गरेको स्रोतको दाबी छ। साेही वियषलाई लिएर यातायात व्यवस्था विभागका कर्मचारी र जीआईडिसीका कर्मचारीबीच चर्काचर्की  परेको स्रोतले बतायाे। 

सानो भर्‍याङ यातायात कार्यालयका उपेन्द्र शाहका अनुसार अरु कार्यालयहरुमा सर्भरको समस्या आएको हो। 'हाम्रो कार्यालयको सर्भर बाग्मती प्रदेशले नै बनाएको हुँदा मात्र नबिग्रिएको हो', उनले भने, 'एक एक समस्या कसरी आउँछ? केही कमीकमजोरी भए चाँडो भन्छ तर समय धेरै लागेको देख्दा भित्र नै गडबडी देखिन्छ।'

स्रोतका अनुसार पुरानो सर्भरमा भएको डाटा नयाँ सर्भरमा हालिसकेको र नयाँ सर्भर पुरानोभन्दा स्पिड र समस्या नआउने छ।

यातायात कार्यालयकाे सेवा आजदेखि सुचारु भएपिन नयाँ अनलाइन फर्म भर्नाका लागि भने अझै समस्याको समाधान भएको छैन। नयाँ आवेदन दिनको लागि कहिले खुलाउने भन्ने विषयमा यातायात व्यवस्था विभाग नै अन्याेलमा छ।

ठूलो भर्‍याङ यातायात कार्यालयका प्रमुख सञ्जय थापाले भने, 'अहिले यति सेवा खुल्दा पनि हामीले सेवाग्राहीलाई सेवा दिन पाएका छौं। पाँच दिनसम्म सेवा दिन नपाउँदा सेवाग्राहीहरु अप्ठ्यारो पर्नुभएको छ। अरु बाँकी समस्या चाँडो हल हुन्छ भने विश्वास छ।'

प्रकाशित मिति: : 2023-04-16 11:42:00

प्रतिकृया दिनुहोस्