एसीसी प्रिमियर कप: युएईले दियो सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानको जारी खेलमा युएइले र सिंगापुरलाइ ४७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

आइतबार टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर  ४७२  रन बनाएको छ। युएईका लागि ओपनर मोहम्मद वासिमले १६ छक्कासहित ९ चौका बनाएर १ सय ६० रन बनाएर आउट भएका थिए। उनले ८२ बलमा विस्फाेटक इनिङ खेलेका हुन्।

त्यस्तै, युएईका लागि भृत्य अर्विन्दले १३२ बलमा २६ छक्का र ३९ चौकासहितय १ सय ७४ रन बनाएर आउट हुन पुगे।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए। त्यस्तै, युएईका लागि ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए भने रमिज शाहजाद शून्यमा आउट भए।

युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो। दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो। शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-04-23 12:45:00

प्रतिकृया दिनुहोस्