यातायातका कर्मचारीकाे बदमासी: मरेका मान्छेकाे लाइसेन्स बिक्री

उमेश थापा

काठमाडौं

केही वर्ष अगाडि ठुलोभर्‍याङस्थित यातायात कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीले मरिसकेका व्यक्तिहरुको नाममा पहिला जारी भएको लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दुरुपयोग गरेर सोही नम्बरमा नयाँ लाइसेन्स खडा गरे गैरकानुनी बाटोबाट बाँडे।

उनलाई त्यो समय शक्तिको दुरुपयोग गरेर लाइसेन्स बनाउन तत्कालीन कार्यालय प्रमुख कमला थापाले नै सहयोग गरेकी थिइन्। बासुदेव रेग्मीले एउटा लाइसेन्स बनाउँदा एक लाखदेखि डेढ लाख रुपैयाँ पैसा लिएको पाइएको छ। उनले त्यो समय बिचौलियाको काम गरे बापत बासुदेवलाई पोखरा पनि घुमाइकी थिइन्। 

ठुलोभर्‍याङ यातायात कार्यालयका एक कर्मचारीकाअनुसार उनीहरुले यस्तो गैरकानुनी काम गरेको पुष्टि भइसकेको छ। तर, कार्यालय प्रमुखको आइडी र राहदानी रेग्मीले कसरी प्रयोग गरे भन्ने विषयमा अझै छानबिन भइरहेको छ।

बासुदेव अहिले एकान्तकुना यातायात कार्यालयमा कार्यरत छन्। उनले त्यहाँ मरिसका मानिसहरुको तथ्यांक(डाटा) संकल्न गरिरहेका छन्। बासुदेवको यस्ता गतिविधिका कारण एकान्तकुना यातायात कार्यालयका प्रमुख राजकुमार कपाली जोखिममा छन्।

कार्यालय प्रमुख मदन पोखरेलले शिवकुमारको अवैध गतिविधि थाहा पाएपछि उनलाई २३ नं. कोठामा सारेका छन्।

एकान्तकुना साना/ठुला सवारीको आठौं तहका कर्मचारी शिवकुमार शर्माले पनि लेखापढीसँग कमिसन खाएको पाइएको छ। उनले लेखापढीको काम गरे बापत रातो कलमले टिपेर राख्ने र पछि हिसाब किताब गर्ने स्रोतको दाबी छ।

शर्माले दैनिक १० हजारभन्दा बढी पैसा कमाउने र सिधा हिसाबले गएको फाइल रोक्ने गरे त्यहीँ कर्मचारीहरु बताउँछन्। ती कर्मचारी भन्छन्, ‘अन्तिममा शर्मा सरकोमा नल्याई हुँदैन, पैसा दिनुपर्ने त बाध्यता नै हो।’

शर्माले यसरी रकम कमाउने गरेको कुरा लेखापढीका कर्मचारीबाहेक अरु कर्मचारीले जानकारी नभएका बताउँछन्।

०००

भक्तपुर यातायात कार्यालयमा तत्कालीन कार्यालय प्रमुख नेत्र भट्टराईले पनि शक्तिको दुरुपयोग गरे अनियमितता गरेको पाइएको छ। उनी कार्यालय प्रमुख हुँदा भवन सार्दादेखि नै मेडिकलसँग ठुलो चलखेल गरेको स्रोत बताउँछ।

भट्टराईले मेडिकलको जिम्मा आफ्ना मान्छेलाई दिएको र टेण्डर पनि आव्हान नगरेको आरोप छ। उनले भवन सार्दा निकै राम्रो आर्थिक चलखेल गरेको र मेडिकल दिँदा पनि आर्थिक लाभ लिएको भक्तपुर यातायात कार्यालमा चर्चा छ।

भट्टराई कार्यालय हुँदा केही नभन्ने कर्मचारीहरु अहिलेका कार्यालय प्रमुख शिवकुमार निरौलालाई भट्टराको खराब गतिविधिबारे सुनाइरहन्छन्।

०००

चाबहिल यातायात कार्यालयमा पनि कार्यालय सहयोगीहरुले गैरकानुनी रुपमा काम गरिरहेका पाइएको छ। कार्यालय सहयोगी एवम् पूर्व ड्राइभर मनोजले सेवाग्राहीसँग रकम बुझेको पाइएको छ। उनले लाइनदेखि ट्रयाल पाससम्म काम लिन्छन् र माटो रकम लिने गरेका स्रोतको दाबी छ।

स्रोतकाअनुसार कार्यालय प्रमुखले मनोजको हातबाट पैसा लिएको पाइएको छैन। तर, कार्यालय प्रमुख विष्णु भट्टराईलाई भवन सार्दा आर्र्थिक चलखेल गरेको आरोप छ। पहिलको भाडाभन्दा निकै महँगो भाडामा सरेको छ, अहिलेको चाबहिल यातायात कार्यालय।

०००

भक्तपुर दुई पाङग्रे कर कार्यालयमा बिचौलिया र कर्मचारीबीच निकै राम्रो सँठगाँठ भएको पाइएको छ। उक्त कार्यालय निकै भीडभाड हुने कार्यालय हो। तर, बिचौलियाले मोटरसाइकलको कर तिर्न जाँदा इन्स्योरेन्स (बीमा) पेपर नै नहेरि छैठौं तहका कर्मचारीले साइन गर्ने गरेको पाइएको।

इन्स्योरेन्स गर्दा १ हजार ७ सय १० रुपैयाँ लाग्छ भने बिचौलियाले इन्स्योरेन्स पेपरविना ब्लु बुकमा छाप गर्दिदा कर्मचारीलाई एक बुलबुक वापत पाँच सय रुपैयाँ बुझाउने स्रोतको दाबी छ। उनले भनेअनुसार यस कार्यालयमा कर तिर्न धेरै बिचौलियहरु आउने गर्छन्।

०००

गुर्जुधारा यातायात कार्यालयका कर्मचारी र लेखापढीबीच साँठगाँठ रहेकोे आरोप छ। उक्त कार्यालयका कर्मचारीहरुले आफैंलाई कमिसन आउने लेखापढीको काम गर्न लगाउने भेटिएको छ।

कार्यालयका अफिसरहरुले चिनजानका लेखापढीको फाइल चाँडो हेर्न र आर्थिक लाभ, कोसेली बुझ्ने काम गर्दै आइरहेका छन्।

गुर्जुधारा यातायात कार्यालयमा कार्यारत सुरक्षाकर्मीले पनि ग्लोबल आइएमई बैंकको भौचर लेखापढी गर्नेहरुले पाँच सय रुपैँयामा एकमुठा बेच्दै आएका छन्। उनले लिने पैसा गोजीमा नहाली उनी बस्ने कुर्सीको डोयरभित्र हाल्छन्। र, खाजा खाने समयमा गोजीमा हाली बाहिर गएर कति कमाएछु भन्दै गन्छन्।

प्रकाशित मिति: : 2023-04-26 21:30:00

प्रतिकृया दिनुहोस्