ए डिभिजन लिग: एपीएफ र फ्रेन्ड्स बराबरीमा रोकिए

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लब र एपीएफ क्लब बराबरीमा रोकिएको छ।

बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेसमा भएको खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लब १-१ को बराबरीमा रोकिएको हो। खेलको २७औँ मिनेटमा एपीएफका प्रदिप लामाले गोल गरेर एपीएफलाई अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ५२ औं मिनेटमा राफिक अमिनुले गोल गरेर फ्रेन्ड्सलाई बराबरीमा ल्याएका हुन। यस बराबरी सँगै  फ्रेन्ड्स क्लब १८ अंक जोडर खेल तालिकाको छैटौँ स्थानमा छ भने, एपीएफ क्लब १५ अंक जोडेर १०औँ स्थानमा छ।

प्रकाशित मिति: : 2023-04-27 17:59:00

प्रतिकृया दिनुहोस्