ए डिभिजन लिग: थ्री स्टार एनआरटीसँग पराजित

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत न्यूरोड टिम (एनआरटी)ले थ्री स्टार क्लबलाई पराजित गरेको छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले थ्री स्टारलाई १-० ले पराजय गरेको हो। एनआरटीका लागि खेलको ३७औं मिनेटमा सन्जिव विष्टले गोल गरेर एनआरटीलाई सफलता दिलाए।

त्यस्तै, खेलको ३५औँ मिनेटमा सन्तोष साहुखल पेनाल्टीमा चुकेका थिए। यस जितसँगै एनआरटी १६ अंक जोडेर खेल तालिकाको आठौँ स्थनामा छ भने, थ्री स्टार क्लब २२ अंक जोडर तालिको दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2023-04-28 17:48:00

प्रतिकृया दिनुहोस्