नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्यटिङ गरेको यूएईले निर्धारित २७-३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएर खेलिरहेको थियो। तर, वर्षाका कारण खेल प्रभावित भएपछि खेल पुन: मगंलबार हुनेछ। यूएईका लागि मोहमद वासीम ८ बलमा ११ रन जोडेर आउट भएका थिए। त्यस्तै, यूएईका लागि भृत्य ९ बलमा ८ रन बनाएर आउट भए भने आर्यन लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।

त्यस्तै, यूएईका लागि रमिज शेहजाद ५ बलमा १ रन बनाएर आउट भए भने रोहन मुस्ताफा १५ बल खेल्दा २ रन बनाएर आउट हुन पुगे।

यता, नेपालका लागि सन्दीप लामिछाने, करण केसी र ललित राजवंशीले समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिए।

आज स्थगित भएको खेल भोलि पुन: ९ विकेटबाटै नै सुरु हुनेछ। आज रोकिएको २७-४ बलबाट नै पहिलो इनिङको खेल सुरु हुनेछ। भोलि पुन: वर्षा भएमा खेल सुपर आृभरमा जान्छ। यदि सुपर ओभरबाट पनि केही निष्कर्ष आएन भने नेपाल ओडिआई मान्यताका आधारमा एसीसी कपको विजेता बनेछ।

प्रकाशित मिति: : 2023-05-01 15:39:00

प्रतिकृया दिनुहोस्