काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्कियो

File Photo
File Photo

गौतम बुद्ध विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा नै फर्किएको छ।

साेमबार बिहान ९ः४० बजे काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको हाे।

उडानको करिब २० मिनेटपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको विमानस्थल स्रोतले बताएकाे छ।

विमानस्थल स्रोतका अनुसार जहाजमा भएको के हो भन्ने विषयमा प्राविधिक टोलीले चेकजाँच गर्दैछ।

प्रकाशित मिति: : 2023-05-08 11:07:00

प्रतिकृया दिनुहोस्