‘विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि अध्यापन गराउनुपर्छ’ 

शैक्षिक क्षेत्रका एक धराेहर मानिन्छन्, ३३ वर्षीय राजन श्रेष्ठ। उनले कम उमेरमै शैक्षिक क्षेत्रमा विशेष याेगदान पुर्याएका छन्।

उनको उमेर त खासमा पढाइ वा जीवन धान्ने एउटा रोजगारमा संलग्न भई सामान्य जीवनयापन गरिरहेको हुनुपर्ने हो। तर ३३ वर्षे जवान उमेरमा नै काँधमाथि थुप्रै जिम्मेवारी र दर्जनौँ संघसंस्थाहरुको कार्यभार बहन गरिरहेका उनी आफूलाई सधैँ यस्तै चुस्त दुरुस्त राख्नमा तल्लीन देखिन्छन्।

त्यसो त उनको पहिचान शिक्षा क्षेत्रको युवा उद्यमी नै हो। मनास्लु वर्ल्ड स्कुलका अध्यक्ष, हिसान काठमाडाैँ जिल्ला कमिटी सदस्य, लायन्स क्लब काठमाडाैँ, कार्यकारी अध्यक्षलगायत दर्जनौँ विद्यालय तथा क्याम्पसमा अँग्रेजी विषयका प्राध्यापकसमेत रहेका श्रेष्ठ गत वैशाख ३० गते सम्पन्न भएको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सकको पाँचौँ महाधिवेशनबाट अध्यक्ष पदमा बहुमतका साथ निर्वाचित भएका छन्।

नेपालको शैक्षिक उन्नति र प्रवर्द्धनको निम्ति निजी तथा सामुदायिक विद्यालयहरुको बिचमा समन्वय, सहकार्य र निरन्तर नियमनका साथै नियन्त्रण गर्ने हो भने यो दुई विद्यालय बिचको खाडल पुरिन सक्छ भन्ने उदार सोचाइका धनी उनै प्याब्सकका नवनिर्वाचित अध्यक्ष राजन श्रेष्ठसँग बिएल नेपाली सेवाले समयसापेक्ष गरिएको कुराकानी आजको यस शैक्षिक हबको पहिलो श्रृङ्गखलामा प्रकाशन तथा प्रशारण गरिएको छ।

प्रस्तुत छ अध्यक्ष राजन श्रेष्ठसँग गरिएकाे भिडियाे संवाद:

प्रकाशित मिति: : 2023-05-16 16:44:00

प्रतिकृया दिनुहोस्