साफ च्याम्पियनसिप: नेपाल र भारत एउटै समूहमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरेको छ।

साफले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो। आयोजक राष्ट भारतसहित समूह 'ए' मा नेपाल, कुवेत र पाकिस्तान रहेका छन् भने समूह 'बी' मा भुटान, बगंलादेश, लेबनान र माल्दिभ्स रहेका छन्।

यस संस्करणको साफ च्याम्पियनसिपमा असार ६ देखि १८ गतेसम्म बैंगलाेरमा हुँदैछ। नेपालसहित यसपटक साफ च्याम्पियनसिपमा भारत, कुवेत, पाकिस्तान, लेबनान, माल्दिभ्स, बगंलादेश रहेका छन्। श्रीलंका भने फिफाको प्रतिबन्धको कारण खेल्ने छैन।

यता, कुवेत र लेबनानले भने यसपटक आमन्त्रित टोलीको रुपमा खेल्दै छन्। १३औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको थियो भने नेपाल उपविजेता बनेको थियो।

प्रकाशित मिति: : 2023-05-17 13:28:00

प्रतिकृया दिनुहोस्